अपडेटः हेटौंडा उपमहानगरपालिकाको ४ हजार मत गन्दा एमाले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार ०६:३३
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ४ हजार ९८ मत गणना गर्दा नेकपा एमालेले अग्रता कायमै हाँसिल गरेको छ । एमालेको तर्फबाट मेयरका उम्मेद्वार रहेका अनन्तप्रसाद पौडेलले १ हजार २९४ मत प्राप्त गर्दा गठवन्धनको तर्फबाट मेयरकी उम्मेदवार मीना लामाले १ हजार २७५ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै राप्रपाको तर्फबाट मेयरका उम्मेदवार दिपकबहादुर सिंहले १ हजार १०३ मत प्राप्त गरेका छन् ।
हाल वडा नम्वर १,२,१८ र १९ को मतगणना जारी रहेको छ ।