हेटौंडा २ मा ५६८ मत गणना: कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार २१:०६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को ५६८ मत गन्दा गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामालाई १०८, नेकपा एमालेका अनन्त पौडेललाई ११६ र राप्रपाका दिपक सिंहलाई २७७ मत प्राप्त भएको छ ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई २७७, एमालेकी सुमित्रा काफ्लेको १४७ र राप्रपाकी इन्दिरा डल्लाकोटीको ९१ मत रहेको जनाइएको छ ।

वडा अध्यक्ष पदमा गठबन्धनको उम्मेदवारको २०८, एमालेको १६५ र राप्रपाको ११६ मत रहेको छ ।