हेटौंडा १९ मा ७ सय मतगणनाः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १९:४८

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म ७ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २६० मत ल्याएकी छिन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २२० र राप्रपाका दिपकबहादुर सिंहले ११९ मत ल्याएका छन् ।

उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ४४५, एमालेकी सुमित्रा काफ्लेले ३७५ मत पाएकी छिन् ।
वडा अध्यक्षतर्फ एमालेका उम्मेदवारले ४३४ र कांग्रेसका उम्मेदवारले ४५० मत पाएका छन् ।