हेटौंडा १ मा एक हजार मत गन्दा न्यौपाने अगाडि
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म एक हजार मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ३११ मत ल्याएकी छिन् ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ३०६ र राप्रपाका दिपक बहादुर सिंहले २६७ मत ल्याएका छन् ।
उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ४४५, एमालेकी सुमित्रा काफ्लेले ३७५ मत ल्याएकी छिन् ।
वडा अध्यक्षमा गठबन्धनका सचिव न्यौपानेले ४५० मत ल्याएका छन् भने एमालेका उत्तम पौडेलले ४३४ मत ल्याएका हुन् ।
