हेटौंडा १८ अपडेट: कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १९:३५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को ३५० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १४४ मत पाएका छन् ।

यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले १०६ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले ६७ मत ल्याएका छन् ।
त्यस्तै उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले १६० मत प्राप्त गरेकी छन् भने गठबन्धनका राजेश बानियाँले १४५ मत र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटीले १६ मत प्राप्त गरेका छन् ।

यस्तै, वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले १८७ मत, नेपाली कांग्रेसका उम्मेदवारको १३० र राप्रपाको उम्मेदवारको १२ मत आएको छ ।