मनहरी २ मा २०० मत गणनाः कसको मत कति ?

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १८:१४

मकवानपुर । मनहरी गाउँपालिकामा वडा नम्वर एकमा नेपाली कांग्रेसका शिव खनाल निर्वाचित भएपछि २ नम्वर वडाको मतगणना सुरु गरिएको छ । हालसम्म २ नम्वर वडाको २ सय मत गणना भएको छ । जसमा गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेले ४८, नेपाली कांग्रेसले ११०, नेकपा एकीकृत समाजवादीले ३ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा नेकपा एमालेले ५२, नेकपा माओवादी केन्द्रले ९२ र नेकपा एकीकृत समाजवादीले ४ मत ल्याएको छ । त्यस्तै वडा अध्यक्ष पदमा नेकपा एमालेले ५४, नेपाली कांग्रेसले ५१ र नेकपा माओवादी केन्द्रले ८१ मत ल्याएका छन् । मतगणना जारी रहेको छ ।