मतगणना अपडेटः मकवानपुरगढीमा दोर्जे अघिअघि, विदुर पछ्याउँदै
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ को मतगणना जारी छ । हालसम्म ५ सय मत गणना भएको छ । जसमा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले २७५ मत पाएका छन् भने नेकपा एमालेका विदुर हुमागाईंले १४२ मत पाएका हुन् ।
त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकी मानकुमारी पाख्रिनले २१६ मत पाइन् भने एमालेकी सन्तु थिङ्ले १५३ मत पाइन् ।
त्यस्तै वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले २५९, नेकपा एमालेका उम्मेदवारले १४९, माओवादी केन्द्रका उम्मेदवारले ६४ मत पाएका छन् भने ५ मत बदर भएको छ ।
