हेटौंडा २ को ५०० मत गणना: कसले कति पाए ?

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १७:१२
file-photo

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २ नम्वर वडाको हालसम्म ५ सय मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ९५ मत ल्याएकी छिन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १०३ र राप्रपाका दिपक बहादुर सिंहले २४३ मत ल्याएका छन् ।
त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले २३८, एमालेकी सुमित्रा काफ्लेले १३० र राप्रपाकी इन्दिरा डल्लाकोटीले ८० मत पाएकी छिन् ।

वडा अध्यक्षमा गठबन्धनका विष्णु गोपाल महर्जनले १८४, नेकपा एमालेका हरि राउतले १४० र राप्रपाका किशोर ढकालले १०१ र स्वतन्त्र उम्मेदवार सुदिप राजबाहकले २८ मत पाएका छन् ।