भरतपुरमा १०१ मत गन्दा विजय सुवेदीको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १५:१८
file-photo

चितवन । चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ । हालसम्म १०१ मतगणना गर्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् । हाल मतगणना जारी रहेको छ ।