थाहा नगरपालिकाको १५०० मतगणना : कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार १४:५७
file-photo

मकवानपुर । जिल्लाको थाहा नगरपालिका वडा नम्वर १ को मतगणना जारी छ । हालसम्म १ हजार ५ सय मतगणना भएको छ । जसमा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार विष्णु विष्ट आदर्शले ७१८ मत ल्याएका छन् भने नेकपा एमालेका अचुतम प्रसाद ढकालले ५०९ मत पाएका छन् ।

त्यस्तै उपमेयरतर्फ गठबन्धनका भरत गोपालीले ७१८ मत पाएका छन् भने एमालेको कल्पना वलामीले ५३८ मत ल्याएकी छिन् ।
त्यस्तै वडा अध्यक्षतर्फ नेकपा माओवादी केन्द्रका हेरमान गोपालीले ५४४ मत, नेकपा एमालेका प्रदिप प्रधानले ५४० र नेपाली कांग्रेसका रुपाचन गोपालीले ३४८ मत ल्याएका छन् । थाहामा जम्मा २ हजार ६४५ मत रहेकोमा २ हजार १०७ मत खसेको थियो ।