थाहा नगरमा मतगणना जारी: गठबन्धनका उम्मेदवारको सुरुवाती अग्रता

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार ०९:१३
file-photo

मकवानपुर । थाहा नगरपालिकामा मतगणना जारी छ । राति १ बजेबाट वडा नम्वर १ को मत गणना कार्य शुरु गरिएको निर्वाचन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिएका छन् । क्रमश अन्य वडाहरुको पनि मतगणना गरिने उनले बताए ।

थाहा वडा नं. १ मा २ हजार ६४५ कुल मतदाता रहेको भएपनि २ हजार १ सय ७ मत मात्रै खसको थियो । थाहा १ मा झम्केश्वरी मावि र सुनौला माविमा भएको मतदानमा कुल ७९.६६ प्रतिशत मत खसेको थियो ।

थाहा १ मा वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट हेरमान गोपाली नेकपा एमालेबाट प्रदिप प्रधान र नेपाली कांग्रेसबाट रुपचन गोपाली प्रतिस्पर्धामा रहेका छन् ।

नगरमा ३२ हजार ३०७ मतदाता रहेको भएपनि जम्मा २३ हजार ५६ मत खसेको थियो । यो समाचार तयार पर्दासम्म नगर अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले २५० मत, नेकपा एमालेका उम्मेदवारले ४४ र राप्रपाका उम्मेदवारले ५ मत पाएका छन् भने  उपप्रमुखमा गठबन्धनका उम्मेदवारले २७२, नेकपा एमालेका उम्मेदवारले ५८ र राप्रपाका उम्मेदवारले ३ मत पाएका छन् । त्यस्तै वडा अध्यक्ष पदमा पनि गठबन्धनले नै अग्रता कायम राखेको छ ।