हेटौंडाको मतगणना ७ बजेबाट सुरु हुने

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार ०६:४२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना शनिबार विहानबाट सुरु हुने भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको थियो । मतपेटिका सिद्धार्थ माविको मवनमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो ।

दिउँसो पानी परेको कारण मतदान कार्यक्रम केही ढिलोसम्म संचालन गर्नुपरेको र मतपेटिका संकलनको कार्य पनि ढिलो भएकाले मतगणना रातिबाटै नगर्ने दलहरुको धारणा व्यक्त गरेपछि मतगणना विहानबाट गर्न लागिएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् ।