भीमफेदीमा ७० प्रतिशत मत खस्यो
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को आज भएको मतदानमा मकवानपुरको भीमफेदी गाउँपालिकामा ७० प्रतिशत मत खसेको छ । कुल १७ हजार ४ सय २८ जना मतदाता रहेको पालिकामा १२ हजार १ सय ६५ मत खसेको निर्वाचन अधिकृतको कार्यालय भीमफेदीका निर्वाचन अधिकृत रुद्रहरी भण्डारीले जानकारी दिएका छन् ।
उनले पालिकाको ९ वटै वडाबाट मतपेटिका संकलनको कार्य भइरहेको जानकारी दिए । उनले मतपेटिका संकलन भएपछि सर्वदलिय बैठक बसेर मतगणनाको कार्य आजै सुरु गर्ने या भोलि बिहानबाट सुरु गर्ने भन्ने विषयको निर्णय गरिने बताए ।
