पानी परेपछि मकवानपुरमा मतदान कार्यक्रम प्रभावित

तु खबर संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार १४:३१

मकवानपुर । पानी परेपछि मकवानपुरमा मतदान कार्यक्रम प्रभावित भएको छ । जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा दिउँसो १ बजेबाट पानी पर्न सुरु भएपछि मतदान प्रक्रिया प्रभावित बन्न पुगेको हो । पानी परेसँगै केही मतदान केन्द्रमा मतदान रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

प्रभावित मतदान केन्द्रहरुमा वैकल्पिक व्यवस्थामार्फत् मतदान कार्यक्रम पुनः सुचारु गर्ने प्रयास भइरहेको जनाइएको छ ।
दिउँसो २ बजेसम्ममा जिल्लाभर करिब ४० प्रतिशत मतदान कार्य सम्पन्न भइसकेको छ । साँझ ५ बजेसम्म मतदान अवधि तोकिएको छ ।