वाईसीएलका नेतामाथि खुकुरी प्रहार
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) का एक नेतामाथि खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिका–१ कौशिल्यानगरमा धारिलो हतियार खुकुरी प्रहार हुँदा वाईसीएल नेता राजु शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार, घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घट्नामा संलग्न केही व्यक्तलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको जनाएको छ । घट्नमा संलग्न अन्यको पनि खोजी भइरहेको र उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
