दुर्घटनामा परेर पूर्वमन्त्री बस्नेत घाइते

तु खबर संवाददाता
२०७९ बैशाख २९, बिहीबार १६:१७

सल्यान । सवारी दुर्घटनामा परेर माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री टेकबहादुर बस्नेत घाइते भएका छन् । सल्यानबाट दाङ आउँदै गरेको बा ८ च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोक्किएर दुर्घटना हुँदा बस्नेत घाइते भएका इलाका प्हरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उक्त दुर्घटनामा परेर बस्नेतसहित १० जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको जनाइएको छ ।