डोटीमा बस दुर्घटना हुँदा २५ जना घाइते
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका गाउँपालिका वडा नम्वर ४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र–०१–००१ ख ३१०८ नम्वरको बस बिहीबार बिहान दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोलीले जनाएको छ ।
प्रहरीका अनुसार, घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्याइएको छ । दुर्घटनामा परेर कम्तिमा २५ जना घाइते भएका छन् भने अन्यलाई पनि अस्पताल लैजाने कार्य भइरहेको जजनाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । उक्त दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
