हेटौंडाको कर्रा खोलामा डुबेर राईको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २७, मंगलवार ०८:५७
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ मा कर्राखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१७, राईटोलका ५१ वर्षीय पूर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो । खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।