राष्ट्रिय परीक्षा बोर्डले तोक्यो कक्षा १२ को परीक्षा केन्द्र
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले आगामी जेठ १६ गतेदेखि हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोकेको छ । बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र तोकेको हो ।
बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवम् शाखा कार्यलयहरुले समेत आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचना ।
