जिप दुर्घटना हुँदा श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २३, शुक्रबार ०८:५१

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्वर ५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठ रहेका छन् । बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु १ च ७७८० नम्वरको जिप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन्। घाइते दुबैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो।