दुर्घटनामा साइकलयात्रीको मृत्यु
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ बिरपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री तिलाठी कैलालीका ३५ वर्षीय सतिस यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार राति तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले ठककर दिँदा यादव गम्भीर घाइते भएका थिए । घाइते उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् ।
