शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा रिक्त दरबन्दी विवरण माग

तु खबर संवाददाता
२०७९ बैशाख २२, बिहीबार १५:५१

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले बैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको हो ।

केन्द्रले आगामी जेठ २० गतेभित्र खाली भएका र हुने रिक्त दरबन्दी विवरण हार्ड कपी र सफ्ट कपी पठाउन एकाइलाई निर्देशन गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति ।