दोलखा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । बिहान ६ बजेर २ मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सो केन्द्रका अनुसार, बिहान भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प हो ।
