स्कुटर दुर्घटना हुँदा श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख १९, सोमबार ०९:५७

काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति नयाँबानेश्वरबाट माइतीघरतर्फ गइरहेको बा ६१ प ८९८८ नम्बरको स्कुटर दुर्घटना अनियन्त्रित भई सडक किनारमा पल्टिएर दुर्घटना हुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा वीर अस्पतालमा आज बिहान मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।