जसपाको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) को घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्वर १ का ६५ वर्षीय बद्री मोची रहेका छन् ।
चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि मृत्यु भएको हो । मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको जनाइएको छ ।
