भारतमा कोरोना संक्रमणबाट ६० जनाको मृत्यु
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–९) संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै ६० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६० जनाको मृत्यु भएको हो ।
भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ३७७ नयाँ संक्रमित थपिएका छन् भने २ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् । भारतमा हाल सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।
