दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
सुनसरी । सुनसरीको हरीनगरा गाउँपालिका–४ नुनिया टोलस्थित हुलाकी राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय प्रदिप साह रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका साहलाई उपचारको लागि नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक विराटनगर–१ का ३३ वर्षीय मोहमद रेम अन्सारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
