मानव सेवा आश्रम हेटौंडाद्वारा दुई भारतीय नागरिकको उद्दार
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मानव सेवा आश्रमले दुई भारतीय नागरिकको उद्दार गरेको छ । आश्रमले बुधबार हेटौंडाको गौरीछायर आसपासको प्रणामी चोकबाट एक जना र हेटौंडा–९ बाट एक जना गरी दुई भारतीय नागरिकलाई उद्दार गरेको मानव सेवा आश्रम मकवानपुरका अभियान्ता होमनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार, आश्रमले ६० वर्षीय जसाविरलाई गौरी टायर आसपासको प्रणामी चोकबाट ४८ वर्षीय शिव कुमारलाई हेटौंडा–९ बाट शारीरिक अवस्था नाजुक भएको अवस्थामा उद्दार गरेको हो । उनीहरुको परिवार र घर कहाँ हो भनेर खोजी कार्य भइरहेको पौडेलले बताए ।
आश्रमले हालसम्म हेटौंडाबाट १ हजार ३ सय ८९ जनाको उद्दार गरेको छ । जसमा ९ सय २ जना पुरुष र ४ सय ८७ जना महिला रहेका छन् ।
