जेठदेखि हप्ताको दुई दिन विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी जेठ महिनादेखि हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार, सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। मन्त्रीपरिषद् बैठकले कार्यालय समय भने बिहान ९ः३० बजेदेखि ५ः३० बजेसम्मका लागि तोकिएको छ ।
हेर्नुहोस् विज्ञप्ति ।


