हेटौंडाको कुन वडामा कसको उम्मेदवारी ? (नामावलीसहित)
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमहानगरपालिकाको १९ वटै वडामा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदका लागि ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराउन आइतबार र सोमबार गरी दुई दिनको समय दिएको थियो । आयोगले दिएको समयअनुसार, हेटौंडाको १९ वटै वडामा सत्तारुढ गठबन्धन, नेकपा एमाले, जनता समाजवादी, राप्रपालगायत विभिन्न राजनीतिक दलको तर्फबाट र स्वतन्त्र तर्फबाट आ–आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
निर्वाचनको लागि अध्यक्ष पदका लागि १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा वडा नम्वर १, मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जना गरी ६ जना, वडा नम्वर २ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जना गरी ६ जना, वडा नम्वर ३ मा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट १ जना गरी ६ जना, वडा नम्वर ४ मा राजनीतिक दलबाट ४ जना, वडा नम्वर ५ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट १ जना गरी ५ जना, वडा नम्वर ६ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट १ जना गरी ५ जना, वडा नम्वर ७ मा राजनीतिक दलबाट ४ जना, वडा नम्वर ८ मा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट ३ जना गरी ८ जना, वडा नम्वर ९ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जना गरी ६ जना, वडा नम्वर १० मा राजनीतिक दलबाट ६ जना र स्वतन्त्रबाट २ जना गरी ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, वडा नम्वर ११ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट १ जना गरी ५ जना, वडा नम्वर १२ मा राजनीतिक दलबाट ५ जना, वडा नम्वर १३ मा राजनीतिक दलबाट ४ जना, वडा नम्वर १४ मा राजनीतिक दलबाट ३ जना, वडा नम्वर १५ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट ३ जना गरी ७ जना, वडा नम्वर १६ मा राजनीतिक दलबाट ३ जना र स्वतन्त्रबाट १ जना गरी ४ जना, वडा नम्वर १७ मा राजनीतिक दलबाट ७ जना र स्वतन्त्रबाट १ जना गरी ८ जना, वडा नम्वर १८ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट ३ जना गरी ७ जना र वडा नम्वर १९ मा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट ४ जना गरी ९ जना ले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, वडाको एक जना महिला सदस्य पदका लागि वडा नम्वर १ मा ४ जना, वडा नम्वर २ मा ३ जना, वडा नम्वर ३ मा ४ जना, वडा नम्वर ४ मा ३ जना, वडा नम्वर ५ मा ३, वडा नम्वर ६ मा ४ जना, वडा नम्वर ७, ८, ९ मा ३/३ जना, १० मा ५ जना, ११ मा ५ जना, १२ मा ४ जना, १३ मा ४ जना, १४ मा ३ जना, १५ मा ४ जना, १६ मा ३ जना, १७ मा ६ जना, १८ मा ३ जना र ४ जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरी, एक जना दलित महिला सदस्यका लागि वडा नम्वर १ मा २ जना, वडा नम्वर २ मा ३ जना, वडा नम्वर ३ मा ४ जना, वडा नम्वर ४ मा ३ जना, वडा नम्वर ५ मा २ जना, वडा नम्वर ६ मा ४ जना, वडा नम्वर ७ मा ३ जना, ८ मा २ जना, ९ मा ३ जना, १० मा ४ जना, ११ मा ४ जना, १२ मा ५ जना, १३ मा ४ जना, १४ मा ३ जना, १५ मा ३ जना, १६ मा ३ जना, १७ मा ६ जना, १८ मा ५ जना र वडा नम्वर १८ मा ७ जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरी, २ जना सदस्य लागि वडा नम्वर १ मा ७ जना, वडा नम्वर २ मा ५ जना, वडा नम्वर ३ मा ८ जना, वडा नम्वर ४ मा ७ जना, वडा नम्वर ५ मा ५ जना, वडा नम्वर ६ मा ६ जना, वडा नम्वर ७ मा ५ जना, ८ मा ८ जना, ९ मा ६ जना, १० मा १० जना, ११ मा १० जना, १२ मा १२ जना, १३ मा ८ जना, १४ मा ६ जना, १५ मा ७ जना, १६ मा ७ जना, १७ मा १२ जना, १८ मा १० जना र वडा नम्वर १९ मा १० जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै, हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि २१ जना उपमेयर पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार, हेटौंडाको मेयरको लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खरालले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सन्जय खरेल, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे र प्रदिप ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, उपमेयर पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेबाट सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मखकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्रतर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
