सुर्य चिन्हमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरको आग्रह
मकवानपुर । राप्रपा नेपाल मकवानपुरले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न राप्रपा नेपालका नेता तथा कार्यकर्ता एवम् मतदाताहरुलाई आग्रह गरेको छ । केन्द्रको सर्कुलर अनुसार आफुहरुले सुर्य चिन्हमा मतदान गर्ने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।
अध्यक्ष सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय स्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमति अनुसार एमालेको सूर्य चिन्हमा मतदान गर्न लागिएको स्पष्ट पारे । उनले राप्रपाका कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरुमा सूर्य चिन्हमा मतदान गर्न अपिल समेत गरेका छन् ।
