मदन–आश्रितको शालिक तोड्नेलाई कारवाही गर्न युवा संघ मकवानपुरको माग
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ स्थित दिब्य बाल उद्यानमा रहेको अर्धकदको शालिक तोडफोड गनेलाई कारबाहीको माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
युवा संघ मकवानपुरका कार्यवाहक अध्यक्ष कृष्ण लामिछानेले शुक्रबार विज्ञप्ति जारी गर्दै मदन–आश्रितको शालिक तोडफोड भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले विज्ञप्तिमार्फत् यस्तो अपराधिक क्रियाकलापमा संलग्न जो कोही भएपनि कारवाहीको दायरामा ल्याइनुपर्ने माग गरेका हुन् ।
‘नेपाली समाजको प्रगतिशील रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरी समृद्ध नेपाल, सुखी नेपालीको आधार तयार गरिरहेको हाम्रो पार्टी नेकपा एमाले आस्था र विश्वासको धरोधर भण्डारी र आश्रितको शालिक तोडफोड गर्नु भनेको आपराधिक एवं अराजकताको पराकाष्ट हो ।’ लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुर यस अजारक तथा अपराधिक घटनाप्रति घोर भत्सर्ना गर्दछ । यस्ता खाले गतिविधि गर्ने तत्वहरुको पहिचान गरी कडा भन्द कडा कारबाही गर्न जिल्लास्थित स्थानीय प्रशासनलाई हामी आग्रह गर्न चाहन्छौ । विज्ञप्तिमा उल्लेख छ ।

