ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
दाङ । दाङमा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोराही तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका नं. १४ कपासीमा रा १ त ३३७० नं. को ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृत्यु हुनेमा घोराही–१० उत्तर अम्राईका २२ वर्षीय सुदन चौधरी रहेका छन् । प्रहरीका अनुसार, बिग्रिएको रा १ त ३३७० नंम्बरको ट्याक्टरलाई रा १ त ४६११ नं.को ट्याक्टरले सर्राबाट मर्मतका लागि अटोभिलेज तर्फ ल्याउने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर चौधरी गम्भीर घाइते भएका थिए । घाइते उनको राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
