माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनको अवस्था गम्भीर

तु खबर संवाददाता
२०७९ बैशाख ४, आईतवार १५:५६

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना ८ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते तीनसहित अन्य पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइते तीन जनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।