अमेरिकामा दुर्घटना हुँदा एक नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परेर एक जना नेपालीको मृत्यु भएको छ । अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको मृत्यु भइको क्यालिफोर्निया राजमार्ग प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो । गाडीको ठक्करबाट विष्टको घटनास्थलमै मृत्यु भएको हो । गाडीको ठक्करबाट अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर (चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ । उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो । मृतक विष्ट वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् ।
