हेटौंडा–८ स्थित मासु पसलमा आगलागी हुँदा ६ लाखको क्षति

तु खबर संवाददाता
२०७९ बैशाख ३, शनिबार १६:३२

मकवानपुर । मकवानपुरको हेटौंडास्थित एक पसलमा आज (शनिबार) बिहान आगलागी हुँदा ६ लाख बराबरको धनजनको क्षति भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित मासु पसलमा आगाली हुँदा उक्त रकम बराबरको धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान साढे ११ बजेको समयमा मासु पोल्नेक्रममा आगोलागी भएको हो । आगोलागीबाट टहराहरु, लत्ताकपडा र कुखुरा जलेर नष्ट भएको छ । आगोलागीबाट मनविय क्षती भने भएको छैन । उक्त आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो ।