माओवादी केन्द्रको वेवसाइट उद्घाटन
काठमाडौं । नेकपा माओवादी केन्द्रको वेवसाइट उद्घाटन गरिएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट वेवसाइट उद्घाटन गरेका हुन् ।
उक्त वेवसाइट आगामी बैशाख १ गतेदेखि नियमित संचालनमा आउँने प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आचार्यले जानकारी दिए । तत्कालिन नेकपा विभाजन भएपछि माओवादीले आधिकारिक पार्टीको वेवसाइट बनाएको थिए । आइटी क्षेत्रका विज्ञलाई प्रयोग गरेर वेवसाइट डिजाइन गरिएको हो । पार्टीका विषयमा बुझ्न सबै विवरण वेवसाइट भिजिट गरे पुग्नेगरी डिजाइन गरिएको आचार्यले बताए।
