ट्रकले ठक्करबाट स्कुटर चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र २९, मंगलवार ०९:२०

वीरगञ्ज । बारामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार दिउँसो वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना ५ ख ७५०७ नम्बरको ट्रकले प्रदेश २–०३–०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

ट्रकको ठक्करबाट टाउको, मुख, खुट्टामा चोट लागेको क्षेत्री गम्भीर घाइते भएका थिए । घाइते उनको सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि वीरगञ्जको नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव नेशनल मेडिकल कलेजबाट पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाइएको जनाइएको छ ।