कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु
बाँके । बाँकेको नेपालगञ्जस्थित बिपी चोक नजिकै कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–११ बस्ने ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीया अली अन्सारी र ५ वर्षकै कसिम इद्रिसी रहेका छन् ।
आइतबार राति उनीहरु सडकमा हिँडिरहेको अवस्थामा प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारको कारले ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका थिए । घाइते उनीहरुलाई कार चालकले उपचारको लागि शिक्षण अस्पताल नेपालगञ्ज पुर्याएका थिए ।
१५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कारका चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
