टिपर दुर्घटना हुँदा बास्कोटाको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र २६, शनिबार १६:२५

काठमाडौं । काठमाडौंको नाङ्ले बजारमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शङ्खरापुर नगरपालिका–१ नाङ्ले बजारमा बा ४ ख ६३७९ नम्वरको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बास्कोटा रहेका छन् । टिपर सडकबाट १०० मिटर तल खसेको दुर्घटना हुँदा सोही टिपरले नै किचेर बास्कोटाको मृत्यु जनाएको छ । मृतक बास्कोटा टिपरका सहचालक हुन् ।