भूमिहीन सुकुम्बासी संगठनको केन्द्रीय कोषाध्यक्षमा मकवानपुरका लोप्चन
मकवानपुर । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय महाअधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा मकवानपुरका सुनिल लोप्चन निर्वाचित भएका छन् । उनी बर्दीयामा भएको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य समेत रहेका लोप्चन भूमिहीन सुकुम्वासी संगठन मकवानपुरका सस्थापक अध्यक्ष हुन् । महाधिवेशनबाट शान्ता चौधरीको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।
