दुर्घटनामा परेर खनालको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १८:०५
सांकेतिक तस्वीर

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ ड्राइभर टोलमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय कृष्णचन्द्र खनाल रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार, दिउँसो साढे १ बजेतिर भएको उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।