बिहीबार ३५ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार १५:४६
file-photo

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा तरलताको समस्याका कारण गिरावछ आएको शेयरबजारमा आज हरियाली छाएको हो ।

आज नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेर २ हजार ४६४ दशमलव ३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रपैयाँको कारोबार भएको छ ।

आज शेयरको मात्रा र कारोबार रकम समेत बढ्न पुगेको छ । चरम आर्थिक संकटकाबीच पनि आज शेयरबजार १.४७ प्रतिशतले बढ्न पुगेको हो । नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ ।