कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ । बुधबार साँझ बा १६ च ३६८७ नम्बरको कारले ठक्कर दिंदा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरी रहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो । कारसहित चालकलाई नियन्त्रणमा लिइ घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
