बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र २३, बुधबार १६:१०

बारा । बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिकास बम्जन रहेका छन् ।

बिहान ८ बजेको समयमा प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा चढ्ने क्रममा उनलाई किचेको थियो । ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ ।