मकवानपुरको भीमफेदीमा ब्युटीपार्लर तालिम सुरु

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार १६:४०

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा एक महिने ब्युटीपार्लर तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएका तालिममा १२ जना महिला सहभागी रहेका छन् ।

वडा कार्यालयले छुट्टाएको १ लाख रुपैयाँ बजेट अनुसार तालिमको आयोजना गरिएको भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले जानकारी दिइन् । महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन तालिम दिईएको उनले बताइन् । महिलाहरुलाई उद्यमशील बनाउन तालिमले सहयोग गर्ने उनको भनाई छ ।