पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कास्की । कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा आज (मंगलबार) बिहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेको समयमा बागमती प्रदेश ०२–०२९ प ०९३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
