हेटौंडामा मखमलको जुत्ता बनाउने तालिम सुरु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा ७ दिने मखमलको जुत्ता बनाउने तालिम सुरु भएको छ । तालिम महिला जागरण समूह हेटौंडा–९ को आयोजनामा आज (सोमबार) बाट सुरु भएको हो ।
तालिमको हेटौंडा उपमहानगरपालिका हेटौंडा–९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले उद्घाटन गरेका हुन् । चैत्र २७ गतेसम्म संचालन हुने उक्त तालिमको लागि हेटौंडा उपमहानगरपालिकाले ५० हजार रुपैयाँ प्रदान गर्ने जनाइएको छ ।
महिला जागरण समूह हेटौंडा–९ की अध्यक्ष लक्ष्मी धमलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–९ कि वडा सदस्य लक्ष्मी नेपाली, टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा–९ का अध्यक्ष यदुवंश खतिवडा लगायतकाको आतिथ्यता रहेको थियो । हेटौंडाको १९ वटै वडामा रहेको वडा स्तरीय महिला जागरण समुहले आ–आफ्नो वडाका महिलाहरुको नेतृत्व विकास र सीप विकास तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
