दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र २१, सोमबार ०८:५९

काठमाडौं । काठमाडौंको स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ बागमती प्रदेश ०२–०२१ प ६३३१ नम्वरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नाल रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमको लागि महाराजगंजस्थित त्रि.वि शिक्षण अस्पतालमा राखिएको छ ।