बीमापोष्टका सम्पादक न्यौपाने सम्मानित
काठमाडौं । बीमापोष्ट डटकमका सम्पादक नबराज न्यौपाने इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकार न्यौपाने जनपक्षिय पत्रकारितामार्फत योगदान पुर्याएवापत रिपोर्टस क्लब नेपालले स्थापना गरेको कृष्णसेन इन्चुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।
क्लबको २४ औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा न्यौपानेलाई सम्मान गरिएको हो । पत्रकार न्यौपानलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
न्यौपाने लामो समयदेखि जनपक्षियता र आर्थिक बीटमा रहेर समाचार लेख्दै अएका छन् । न्यौपानले यसअघि दैनिक, साप्ताहिक सहितका एक दर्जन प्रिन्ट मिडिया तथा पछिल्लो समय विभिन्न अनलाईनसहित करिव दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । न्यौपाने पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक समेत हुन् ।
